कराँतेको ओलम्पिक तयारी स्थगित



काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुडो टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित

म्यानचेस्टरलाई पराजित गर्दै टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म