पहिलो पुस्ताका फुटबल खेलाडी इन्द्रसिंह सुब्बाको निधन



काठमाडौं । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा मंगलबार निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए ।

नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यस बेला नरशमशेर जबरा थिए । सुब्बा भारतको दार्जिङमा जन्मिएका थिए । पछि फुटबल खेल्न नेपाल आएका हुन् । उनी बाँचुञ्जेल काठमाडौँमैँ बसे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिनाअघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताए । पछि मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र युएईविरुद्धको सेमिफाइनल रद्ध, युएई फाइनलमा

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ

म्याराडोनाको उपचारमा संलग्न आठ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको

एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र