एन्फाद्वारा कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण



अखिल नेपाल फुटबल संघले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण गर्ने भएको छ । एन्फाले सोमबार देखि कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण गर्ने भएको हो । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको छ ।

आज काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ । काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् । विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।