पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ ।

आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो ।

कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । आगामी प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई गत साता प्रशिक्षणका लागि काठमाडौँ बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार साउन २८ गतेसम्म ती सबै खेलाडीको पिसीआर परीक्षण गरिने छ । पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उनले बताए । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने प्रवक्ता राईले उल्लेख गरे ।

एन्फाले प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको प्रशिक्षणका लागि मापदण्ड तयार पारेको छ । कोरोनाबाट सुरक्षित रहनका लागि उक्त मापदण्ड बनाइएको प्रवक्ता राइले बताए । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, सामाजिक दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड एन्फाले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले