लेग स्पिनर सन्दीप लामिछाने अमेरिका प्रस्थान



लेग स्पिनर सन्दीप लामिछाने अमेरिका प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान १० बजे कोरियन फ्लाइट्समा अमेरिका गएका हुन् । त्यहीबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेल्न जाने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण  सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो । प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्नु प्रावधान छ, त्यहाँ पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन पुग्नेछन्। सन्दीप अगष्ट १ तारिखमा त्यहाँ पुग्नेछन्। सीपिएल आयोजकले सम्पुर्ण खेलाडीलाई अगष्ट १ तारिखसम्म आईपुग्न समयसिमा दिएको थियो।

सीपिएलमा यसपटक सन्दीप जमैका तल्लावाजबाट खेल्दैछन्। उनलाई ९० हजार अमेरिकी डलरमा तल्लावाजले आबद्ध गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल

जितका थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले

‘पृतनापति ट्रफी’ मा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता

खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने