लाजियो एक दशकपछि युरोपियन लिगमा छनोट



लाजियो एक दशक लामो प्रतिक्षापछि युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । लाजियो सिरी एअन्तर्गत गएराति भएको खेलमा काग्लियारीलाई पराजित गर्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लियारीलाई २(१ ले पराजित गरेको हो । ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई पहिले अग्रता दिलाएका थिए । ६०औ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा लाजियोले ३ अंक जोड्न सफल भयो । निर्णायक गोल गरेका इम्मोबाइल सिरी ए मा सर्वाधिक गोलकर्तामा समेत अगाडि छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् । इम्मोबँइलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ । जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको रोमा भन्दा लाजियोले ११ अंक बढी जोडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य