बार्सिलोनाका कप्तान मेस्सीको ७ सय गोल पूरा



बार्सिलोनाका कप्तानले आफ्नो करियरको सात सयौं गोल पूरा गरेका छन । लियोनल मेस्सीले आफ्नो करियरको सात सयौं गोल पूरा गरेका हुन । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेपछि मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका छन् ।

एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्दा बार्सिलोनाका लागि मेस्सीले एक गोल पेनाल्टीमा गरेका थिए । जुन गोल उनका लागि करियरको सात सयौं गोल बन्यो । कुल गोलमा ६३० गोल बार्सिलोनाका लागि र ६० गोल राष्ट्रिय टिमको जर्सीमा गरेका छन् । अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सी सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन ।

यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ७०० गोल पुर्याएका थिए ।मेस्सीले आफ्नो पुरै करियर बार्सिलोनाबाट खेलेका छन् । करियरमा मेस्सीले ८ सय ६० खेलमा सात सय गोल पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय