प्रिमियर लिगमा लिभरपुलद्वारा क्रिष्टल प्यालेस चार शून्यले पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा लिरभपुलले क्रिष्टल प्यालेसलाई चार शून्यले हराएको छ । गएराति आफ्नै मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरेका थिए । जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिसँग दुई अंकको दुरीमा पुगेको छ ।

तर म्यान्चेस्टर सिटी आज हुने खेलमा चेल्सीसँग पराजित भएको खण्डमा भने लिभरपुलले बाँकी कुनैपनि खेलबाट अंक नजोडेपनि लिगको उपाधि उचाल्नेछ । लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६३ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो । उसका लागि तीनवटै गोल फ्रेन्च खेलाडी एन्थोनी मार्टियलले गरे ।

सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले नर्विच सिटीलाई तथा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

कास्की । विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा