खेल क्षेत्रको विकासका लागि दुई अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहीबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने अर्थमन्त्री खतिवडाले बताए । त्यस्तै कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने बजेटमा उल्लेख गरिएको छ । यसैगरी सरकारले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको गरेको छ ।

यसैगरी गतवर्षकै कार्यक्रम सबै स्थानीय तहमा खेलग्राम बनाउने योजनालाई निरन्तरा दिइएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि मन्त्री खतिवडाले बताए । सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

वेष्ट ब्रोमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफद्वारा त्रिभुवन आर्मी पराजित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ

ला लिगामा गेटाफेमाथि बिलवाओको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति भएको खेलमा

टटनह्याम एफ ए कप फुटबलमा फराकिलो अन्तरले विजयी

टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती