खुमलटारको जितमा कप्तान सबिन केसीको ह्याट्रिक



सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गरे । उनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । श्री कुमारीका मिशन लामाले एक गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा उक्लिएको छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबलटेनिसको उपाधि राजेन्द्र, मुकेश र अनितालाई उपाधि

  काठमाडौं । छैटौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

बैतडी। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने

सात दिन, सातै प्रदेश, सात म्याराथन सुरु

कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले