ओलम्पिक कमिटी (एनओसी) को बैठक पोखरामा सुरु



काठमाडौं । आन्तरिक गतिविधि लगभग ठप्पको अवस्थमा ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ । बैठकका लागि एनओसीका अधिकांश पदाधिकारी पोखरा पुगिसकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ३ महिना भन्दा लामो समयपछि एनओसीको बैठक बसेको हो ।

एनओसीले आफ्ना उप महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षबाट सागको प्रतिवेदन पनि बुझिसकेको छ । एनओसीले बैठकका विषयमा औपचारिक जानकारी भने दिएको छैन । सागमा नेपालले अहिले सम्मकै सबैभन्दा बढी सफलता हासिल गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

३५ वर्षे साग इतिहासमा नेपालको यो सर्वा्धिक सफल साग भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा खेलाडी प्रशिक्षण र छनोट सुरु

गण्डकी । आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई

खेल गतिविधि बढाउन तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ

नवौँ राष्ट्रिय खेलकुदको खेलस्थल चाँडै टुङ्गो लाग्ने

कास्की । गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ

भारतीय फुटबलमाथि फिफाको प्रतिवन्ध

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध