खुमलटार र टुसालले २–२ गोलको बराबरी



सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा खुमलटार र टुसालले २–२ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलको सातौं मिनेटमा मोहित गुरुङले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए ।

खेलको २० औं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीमा गोल गर्न नसक्दा खुमलटार अग्रता बनाउन चुक्यो । खेलको ३० औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २(१ को अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा सन्तोष दाहालले गोल गर्दै टुसाललाई हारबाट जोगाए ।

टुसालसँगको बराबरीसँगै खुमलटारले ४ खेलमा १० अंक जोडेको छ । खुमलटार लिगको तेस्रो स्थानमा रहेको छ । टुसाल ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 राससको वार्षिकोत्सवमा आयोजित दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

  काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित

कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

टेबलटेनिसको उपाधि राजेन्द्र, मुकेश र अनितालाई उपाधि

  काठमाडौं । छैटौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले