झम्सिखेल युथ क्लबद्वारा पहिलो जित, जितसँगै झम्सिखेलले ४ खेलमा ४ अंक
झम्सिखेल युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्कोता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा श्री कुमारी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झम्सिखेलले पहिलो जित निकालेको हो ।
झम्सिखेलको जितमा भुवन राई र मदन स्याङतानले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको झम्सिखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो । जितसँगै झम्सिखेलले ४ खेलमा ४ अंक जोडेको छ । अघिल्ला तीन खेलमा झम्सिखेलले २ हार र एक बराबरी गरेको थियो । श्री कुमारीले ४ खेलमा ३ अंक जोडेको छ । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।