जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा



सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा लगातार चौंथो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार चौंथो जित निकालेको हो । सातदोबाटोको जितमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । यस अघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई हराएको थियो । पुल्चोकको यो लगातार चौंथो हार हो । लिगको पुछारमा रहेको पुल्चोकले अंक जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बार्सिलोनालाई ३–२ हराउँदै बिल्बाओ बन्यो च्याम्पियन

अतिरिक्त समयमा क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन

म्यानचेस्टर सिटीको सानदार जित

इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दा

प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती र आर्मी विजयी

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश

‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ नेपाल प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल