टि–ट्वान्टी कप क्रिकेटमा नेपाल मलेसियासँग २२ रनले पराजित



काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।
थाइल्यान्डको बैंककमा मलेसियाले दिएको १५५ रनको लक्ष्य पछाइरहेको नेपालले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र ऐरीले ३८–३८ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले १९ रन जोड्दा पारस खड्काले ९ रन जोडे ।
बलिङतर्फ मलेसियाका लागि शर्भिन मुनियडेले सर्वा्धिक चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । मलेसियाका लागि सायद मुबारकले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएका हुन् ।

मलेसियाका लागि मोहमद अरुदिनले ३१ रन बनाउँदा मोहमद नुरले ३० रन बनाए । आमरुदिन रम्लेले रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । टि–ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पूरा गर्ने अवसरमा उनले नेपालका लागि ३२ विकेट लिएका छन् । सन्दीप नेपालका लागि टि–ट्वान्टी क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी हुन् ।

नेपालका लागि अविनाश बोहोराले दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट लिन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त