महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर :पूर्व कप्तान पारस खड्का



नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारीक विक्रेता अग्नि ग्रुपले पारसलाई एक कार्यक्रमका विच ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । ब्राण्ड एम्बेस्डर वाफत पारसले एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० गाडी पाएका छन ।

अलराउण्डर पारस तथा नेपाललाई एक दशक कप्तानी गरेका पारसले अग्नी ग्रुपसँग आबद्ध हुनपाउँदा खुसी लागेको बताए । उनले अग्नी ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समुहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि यसअघि ब्राण्ड प्रवद्र्धक रहिसकेको बताए । नेपाली बजारमा यो गाडीको मुल्य करिव ४० लाख रुपैयाँ रहेको छ । पारसलाई यसअघि ब्यापारी सुरज बैधले आधा दशक अगाडी पुरस्कारमा गाडी दिने बताएपनि अहिलेसम्म पाउन सकेका छैनन ।

पारसको योगदान र उनले नेपाली क्रिकेटको विकाशमा पुर्याएको योगदानले कम्पनी प्रभावित भएको र पारस सन् २००७ देखि अग्नि ग्रुपसँग सम्बन्ध रहेको थियो । ब्राण्ड एम्बेस्डर वाफत पारसले गाडी पाएकोमा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका तीन खेलाडीले विदेशी लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँगै तीन खेलाडीले विदेशी लिग खेल्ने

विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको

‘गोल्डेनगेट एसइई कप’ चेस प्रतियोगिता यसै सातादेखि

  काठमाडौँ ।  हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै

ब्याटिङका लागि पिच असहज र नाइट गेम खेल्ने बानी नपर्दा समस्या भयोः कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा