राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अग्नि ग्रुपको ब्राण्ड एम्बेसडर नियुक्त



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का महिन्द्रा एण्ड महिन्द्राको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

अग्नि ग्रुपले बुधबार काठमाडौंमा कार्यक्रम गरी पूर्वकप्तान खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले जानकारी दिए । खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेसँगै अग्नि ग्रुपले ग्लोबल एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयुभी ३०० समेत प्रदान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर खड्काले अग्नि ग्रुपले आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडर नियुक्त गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव दुर्गा प्रसाद आचार्य र उपनिर्देशक वरदान बस्नेतको समेत उपस्थिति थियो। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ

नेपालसामु हङकङको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ ।  एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस