तेम्वान्दोमा अहिलेसम्मकै ठूलो सफलता



अरुण अधिकारी जापानको राष्ट्रिय तेम्वान्दो च्याम्पियन बन्न सफल भएका छन् । नेपाली तेक्वान्दो खेलाडी अधिकारी क्षेत्री जापानको राष्ट्रिय तेम्वान्दो च्याम्पियन बन्न सफल भएका हुन् । जापानमा नेपाली तेक्वान्दो खेलाडीले पाएको अहिलेसम्मकै ठूलो सफलता पाउने क्रममा अरुण ६८ देखि ७४ केजी तौल समूहमा जापान च्याम्पियन बनेका छन् ।
जापानको ओईता प्रिफेक्चरमा भएको १३ औं राष्ट्रिय तेत्वान्दो च्याम्पियनशिपमा जापानी खेलाडीलाई हराउँदै अरुण जापानी राष्ट्रिय च्याम्पियन बन्न सफल भएका हुन् । अघिल्लो वर्ष राष्ट्रिय च्याम्पियनमा दोस्रो बनेका जापानी खेलाडीलाई पराजित गर्दै आफू च्याम्पियन बनेको अरुणले जानकारी दिए ।
अरुण यसअघि पनि क्युशु क्षेत्र अन्तर्गत फुकुओका केनबाट सन् २०१८ मा चिबामा भएको ११ औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा तेस्रो भएका थिए । त्यसअघि निशि निहोन च्याम्पिनशिपमा उपाधि जितेर ११ औं तेक्वान्दोमा छनौट भएका थिए । जापानमा कराँते, तेक्वान्दो सहित किक बक्सिङ, बक्सिङलगायत खेलमा नेपालीहरुले व्यावसायिक खेल सहित क्षेत्रीय स्तरका प्रतियोगितामा उपाधि जितेपनि राष्ट्रिय उपाधि भने अहिलेसम्म हासिल गर्न सकेका थिएनन् । यो सफलतासँगै अरुणले अब जापानको राष्ट्रिय तेक्वान्दो खेलाडीको हैसियतमा जापानका राष्ट्रिय खेलाडीहरुसँगै तालिम सहित अन्य अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय