‘प्ल्याङ्किङ’ मा ६२ वर्षीय अमेरिकी पूर्वसैनिको विश्व रेकर्ड



६२ वर्षे एकजना पूर्व अमेरिकी विशेष सैनिक अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म ‘प्ल्याङ्क’ (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्।

जर्ज हुडले शिकागोमा ‘द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क’मा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ।

उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। त्यसकालागि आफूले २,१०० घण्टा ‘प्ल्याङ्क’ को तयारी गरेको हुडले बताए। रेकर्ड तोडेपछि उनले ७५ पटक ‘पुशअप’ गरेका थिए।

लगत्तै उनले ‘प्ल्याङ्क’ रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए। ‘प्ल्याङ्किङ’ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ।

उनले सन् २०११ बाट ‘प्ल्याङ्किङ’ गर्न सुरु गरेका थिए। उक्त प्रतियोगिता अघि आफूले दैनिक सात घण्टा ‘प्ल्याङ्क’ गर्ने गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त