कामना सेवा विकास बैंकद्वारा उपाधि जितन सफल



काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता कामना सेवा विकास बैंकले जितेको छ । बुधबार भएको फाइनलमा भारतीय राजदूतावासलाई ८ रनले पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो ।
खेलमा कामना सेवा विकास बैंकको बलिङमा हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले समान एक विकेट लिए । त्यसअघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वा्धिक ३३ रन बनाए । फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव भए ।
बुधवारै अर्को खेलमा भएको पहिलो सेमिफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले र कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । उनले प्रतियोगिताभर कुल २५ रन बनाउनुको साथै ४ विकेट लिए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।
यस्तै उत्कृष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली भएको छ ।, उत्कृष्ट ब्याट्सम्यान सेन्चरी बैंकका सुरज तिमिल्सिना, उत्कृष्ट विकेटकिपर भारतीय राजदूतावासका राजेश चौधरी र उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।