हिमालय क्रिकेट लिग सोमबारदेखि सुरु हुने



हिमालय क्रिकेट लिगको तयारी पूरा भएको छ । सोमबारदेखि हिमालय स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु हुने ‘हिमालय क्रिकेट लिग’को तयारी पूरा भएको हो ।

अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत तयारी पूरा गरेको जानकारी दिएको छ । ६ टोली सहभागी हुने प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा उपविजेताले पनि ७५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक सहयोगमा मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ भने विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त