एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एशिया कप खेलेका थिए ।

आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
कोराना भाइरसका कारण चीन, भूटान र म्यान्माले एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् ।

पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका तीन देश चीन, भूटान र म्यान्मा सहभागी नहुने भएपछि बाँकी पाँच देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ । तीनवटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन् । प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता