थ्रि स्टार क्लबको सिजनको शुखद् अन्त्य



काठमाडौं । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ ।

थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ । योसँगै थ्रीस्टार १२ खेल खेलेको मनाङ भन्दा १ अंकले अगाडि रहेको छ । १३ खेल खेलेको थ्रीस्टारले ८ खेलमा जीत २ खेलमा बराबरी र ३ खेलमा हार व्येहोर्दै २६ अंकसहित लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासलविरुद्ध थ्रीस्टारका लाल राम्मभारा र अनन्त तामाङ समान एक–एक गोल गरे ।

खेलको ७० औं मिनेटमा लालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा तामाङले गोल गर्दै टिमलाई दोहोरो अग्रतासहित जीत दिलाएका थिए । च्यासलले १५ अंकसहित आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ

इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा

ओहायो इन्ट्रा कप फुटबलमा एफसी युनाइटेड फाइनलमा

काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी