इकुट सोगुटद्वारा ओजिलको हस्ताक्षरित जर्सी हस्तान्तरण



काठमाडौं । फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी छिन् । भारतीय महिला लिग (आईडब्लुएल) मा उच्च प्रदर्शन गरिरहेकी राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी हुन् ।
गोकुलम केरेला एफसीबाट आइ लिग खेलिरहेकी सावित्रालाई मंगलबारको खेलपछि ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी हस्तान्तरण गरेका थिए ।

बैंगलोर युनाइटेड फुटबल क्लबलाई गोकुलमले ५–१ ले हराएको खेलपछि उनलाई जर्सी प्रदान गरिएको थियो । उनले त्यो खेलमा एक गोल गरेकी थिइन् । सोगुटल े त्यो खेल हेरेका थिए । जारी लिगमा उनी अहिले सम्म सर्वा्धिक गोलकर्ताको शीर्षस्थानमा छिन् । १३ गोलसहित साविक विजेता टोली सन्ध्या दोस्रो स्थानमा छिन् । गत सिजन सेथुबाट च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ

इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा

ओहायो इन्ट्रा कप फुटबलमा एफसी युनाइटेड फाइनलमा

काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी