विश्वकै अग्लो स्थान गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल तथा नेपाल आईस हक्की संघको सहकार्यमा विश्वकै अग्लो स्थान गोकियो लेकमा आईस हक्की प्रतियोगिताको आयोजना गर्ने भएको छ । फेब्रुअरी १४ मा ४ हजार ७ सय मिटर अग्लो गोकियो लेकमा विश्व किर्तिमान राख्ने उदेश्यले सो सहासिक खेलको आयोजना गर्न लागिएको हो ।

अमेरिका, क्यानाडा, रूस,भारत लगायत विश्वका १० देशका २० खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहने छ । कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेपाल आईस हक्की संघका अध्यक्ष तथा पूर्वमन्त्री भुवन पाठकले नेपालमा आइस हक्कीलाई युवामाझ लोकप्रिय वनाउन कार्यक्रम ल्याईने वताए ।

सन् २०२१ मा नेपाल आईस हक्की संघले अन्तर्राष्ट्रियस्तरको आईस हक्की प्रतियोगिता आयोजना गर्ने वताउदै गोकियो लेकमा हुन गईरहेको आईस हक्की प्रतियोगिताको सफलताको कामना गरे ।

सो अवसरमा नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, टानका अध्यक्ष,नेपाल पर्यटन वोर्डका अध्यक्ष, यति होल्डिङस्का दावा स्टेफेन शेर्पा लगायतले कार्यक्रमको महत्वको विषयमा प्रकाश पारेका थिए । सो कार्यक्रममा नेपाल आईस हक्की एसोसिएसनका उपाध्यक्ष विजय खडका लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

कास्की । विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा