अमेरिकन बास्केटवल खेलाडी कोवेप्रति श्रद्धाञ्जली



काठमाडौं । महान् वास्केटवल खेलाडी कोवे व्राण्टको निधनमा स्पोर्टस टुरिजम एसोसियसन अफ नेपालले श्रद्धाञ्जली व्यक्त गरेको छ । क्षेत्रपाटी चोकमा स्व.कोवेको सम्झनामा मैनवत्ती वाली एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

कार्यक्रममा स्पोर्टस टुरिजम एसोसिएसन अफ नेपालका अध्यक्ष पर्यटन व्यवसायी गणेश रिमालले कोवेको निधनले विश्व खेलजगतले एक महान हस्ति गुमाएको वताए । श्रद्धाञ्जली कार्यक्रममा एसोसिएसनका महासचिव विजय खडकाले कोवेको निधनले संसार स्तब्ध भएको वताए । उनले हेलिकप्टर दुर्घटनामा निधन हुने उनकी छोरी लगायत दिवंगत सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

उक्त अवसरमा एसोसिएसनका पदाधिकारी अभिर मल्ल, यज्ञजंग शाह, अर्जुनलाल प्रधान, मनोहर कोइराला लगायतका सदस्यहरूहरूको उपस्थिति रहेको थियो ।

स्पोर्टस टुरिजम एसोसिएस अफ नेपाल खेलकुदको माध्यमद्वारा पर्यटनको विकास गर्ने उद्देश्यले खोलिएको गैरनाफामूलक सामाजिक संस्था हो । एसोसिएसनले नेपाल तथा विदेशमा पर्यटन प्रवर्द्धनको लागि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको