कप्तान भरत खवासको गोल निर्णायक



काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार आर्मीले जाउलाखेललाई १(० ले पराजित गर्दै पुरानै स्थानमा फर्किएर उपाधि होड बलियो बनाएको हो ।

भरत खवासले ७४ औं मिनेटमा गोल गरे । सन्तोष तामाङको लामो क्रसमा पेनाल्टी बक्सबाट भरतले उत्कृष्ट गोल गरेका थिए । यस सिजन छैटौं जीत हात पारेको आर्मीले ९ खेलबाट २० अंक जोडेर मछिन्द्रलाई १ अंकले पछि पारेको छ । आर्मीले ९ मध्ये ६ खेल जित्दा २ खेल बराबरी खेलेको थियो । आर्मी यस सिजन मनाङ मर्स्याङ्दीसंग मात्र पराजित भएको छ । समान खेलबाट १९ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।