मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिए



काठमाडौं । मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत रुस्लान थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार सहिद स्मारक ए डिभिजन लिगममा ३८औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । रन्जित धिमालको फ्रिकिकलाई गोलरक्षक प्रिसोले पञ्च गरेपनि रेजिनले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भएका थिए । निर्धा्रित समयको अन्तिम मिनेटमा विशाल राई ‘बी’ ले गोल गर्दै मछिन्द्रको जित पक्का गरे । बिजय धिमालको क्रसमा एडिलाजा सोमिडेले नभेटेको बललाई थ्रीस्टारका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा विशालले जाली चुमाएका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा आडेलाजाको हेडर बाहिरिँदा अग्रता बढ्न सकेन ।

जितसँगै शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ९ खेलमा १९ अंक भएको छ । १७ अंक जोडेको आर्मीले १ खेल कम खेल्दा मछिन्द्रले ६ जित, २ बराबर र १ हार बेहोरेको छ । अघिल्लो सिजन पुछारबाट दोस्रो रहेको कारण मछिन्द्रको १ अंक घटाइएको छ । यता थ्री स्टार ९ खेलमा १४ अंकसहित पाँचौ स्थानमा सिमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त