सन् २०२३ को टी–२० विश्वकपमा ४ राष्ट्रलाई थप गर्दै



सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको हो ।
आइसीसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेको छ ।

अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । २० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ ।

यो योजना पारित भएमा नेपालजस्ता एसोसियट देशका लागि बढी फाइदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपुरलाई पाँचौं सम्झना कपको स्वर्ण

काठमाडौं । एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान

सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण

के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको