इरानकी एकमात्र ओलम्पिक पदक विजेता महिला खेलाडी किमियाद्वारा देश छाड्ने घोषणा



इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता खेलाडी किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमार्फत आफू इरानको पाखण्ड, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् ।

उनले आफू पनि इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको लेखेकी छन् । हाल उनी कहाँ छिन् भनेर उनले सो पोस्टमा कुनै जानकारी दिएकी छैनन् । तर इरानी संचारमाध्यमका अनुसार यतीबेला प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने बताएका छन् ।

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट काँस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् । बुधबार युक्रेनी जहाजलाई इरानले भूलवश मिसाइल आक्रमणबाट खसालेको भन्दै क्षमा मागेको थियो । दुई दिनसम्म इरानले यसलाई अस्विकार गरेर लुकाएको विरोधमा इरानमा शनिबारबाट प्रदर्शन शुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको खेलमा

सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत शुक्रबार भएको खेलमा नवप्रवेशी

नेपालद्वारा मलेसिया पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया

नेपालद्वारा कुवेत ९ विकेटले पराजित

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको तेस्रो