३४ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण भुमिकामा : विराट कोहली
विराट कोहली रतीय क्रिकेटको दोस्रो टी (ट्वान्टी)मा महत्वपुर्ण भुमिकामा रहेको छ । उनले ३४ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले । उक्त म्याच ७ विकेटले जितेको थियो ।
उनले सबैभन्दा बढी टी(ट्वान्टी अन्तर्रा्ष्ट्रिय रन बनाउने मामिलामा रोहित शर्मा पछि पारेका छन् । साथै उनले कप्तानको रूपमा यस फर्म्याटमा एक हजार रन पनि पूरा गरे । विराटले कप्तानको रूपमा सबैभन्दा छिटो हजार रन पूरा गरेका छन् ।हजार रन पूरा गर्न विराटले ३० पारी लगाउँदा दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले ३१ पारी लगाएका छन् ।
कप्तानको रूपमा हजार रन बनाउने उनी छैटौं खेलाडी बने । यसअघि महेन्द्रसिंह धोनीले कप्तानको रूपमा हजार रन बनाइसकेका छन् । धोनीले ७२ खेलमा ३७.०६ को औसतमा १ हजार ११२ रन बनाएका छन् । कोहलीले भने ३२ खेलमा १ हजार ०६ रन बनाएका छन् ।