पाँचौ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता निश्चित



काठमाडौं । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल भलिबल संघको आयोजनामा पाँचौ राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघको पहिलो साताबाट आयोजना हुने भएको हो ।

भलिबल संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा प्रथम हुने टोली दुई लाख, दोस्रो हुने एक लाख र तेस्रो हुने टोलीले ५० हजार नगद पुस्कार प्राप्त गर्ने आयोजकले जानाएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले महिला तथा पुरुषतर्फ नगद २५(२५ हजार प्राप्त गर्ने छन भने उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु १०(१० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको लागत खर्च २३ लाख हुने अनुमान गरिएको छ । प्रतियोगितामा विभिन्न जिल्ला र प्रदेश गरी १२ टिमको सहभागिता निश्चित भएको छ । प्रतियोगिता माघ ३ देखि १० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार