क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी



काठमाडौं । क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेको छ । न्यूजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यास अन्तर्गत क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेको हो । खेलमा कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध एन्टन डेभचिचको ओभरमा आइतबार लगातार ६ छक्का प्रहार गरेका हुन् । डेभचिचले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । उनले डेभचिचले बलिङ गरेको १६औं ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

जितका लागि २२० रनको लक्ष्य पछ्याएको किंग्सलाई कार्टरले ऐतिहासिक जित समेत दिलाए । किंग्सले १९औं ओभरमै जित हासिल गर्दै न्युजिल्यान्डको घरेलु क्रिकेटमा सर्वा्धिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि कायम गर्यो । कार्टरले २९ बल खेल्दै ७० रन बनाए । जसमा ७ छक्का समावेश थियो । न्यूजिल्याण्डको क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको

एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा