लिओ कार्टरले हाने एकै ओभरमा ६ छक्का



काठमाडौं । एक ओभरमा कमैले मात्र ६ छक्का प्रहार गर्छन् । र यस्तो बिरलै मात्र हुने गर्छ । त्यही बिरलै हुने यो खेलमा न्यूजिल्याण्डमा एक खेलाडीले ६ छक्का प्रहार गरेका छन् ।
न्यूजिल्यान्डको घरेलु टि २० लिग सुपर स्म्यासअन्तर्गत क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । आइतबार भएको खेलमा कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध एन्टन डेभचिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।
डेभचिचले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । उनले डेभचिचले बलिङ गरेको १६औं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । जितका लागि २२० रनको लक्ष्य पछ्याएको किंग्सलाई कार्टरले ऐतिहासिक जित समेत दिलाए ।
किंग्सले १९औं ओभरमै जित हासिल गर्दै न्युजिल्यान्डको घरेलु क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि कायम गर्यो । कार्टरले २९ बल खेल्दै ७० रन बनाए । जसमा ७ छक्का समावेश थियो । न्यूजिल्याण्डको क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानलाई हराउँदै पाकिस्तान साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको