तेस्रो खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता माघमा हुने



ललितपुर । गोदावरी नगरपालिकास्थित चापागाउँको प्याङगाउँ चौरमा तेस्रो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्ने भएको छ । किक बक्सिङ संघले माघ महिना गणेशमान सिंह स्मृति तेस्रो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्ने भएको हो ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै विभिन्न खेलका ८ गरी कुल ११ टोलीको सहभागिता रहने प्रतियोगिता माघ २ गतेदेखि तीन दिनसम्म चल्नेछ । प्रतियोगिताका अन्य सहभागीमा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुवाँ थाई र किक बक्सिङ छन् ।

बिहीबार पुरुषतर्फ ६ तथा महिलामा ५ गरी कुल ११ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रत्येक स्पर्धाको विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही ८ हजार रुपैयाँका दरले पाउने पत्रकार सम्मेलनमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानमाथि नेपालको ६–१ को जित

काठमाडौँ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप

डेविस कपमा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली मलेसिया जाने

काठमाडौँ । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली

एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने

इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गरिने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप