सियोल । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक बिहीबार आफ्नो ब्याजदर २५ आधार अङ्कले बढाएको छ ।
बैङ्क अफ कोरिया (बिओके) ले मौद्रिक नीति तथा बोर्डको बैठक पछि आधर अङ्क दर २.५ प्रतिशतबाट २.७५ प्रतिशतमा बढाएको बिओकेका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
जिद्दी मुद्रास्फीति र देशको बलियो सेमिकन्डक्टर निर्यातले सुधार–उन्मुख रहेको अर्थतन्त्र लाई आभार मान्दै गत मे महिना देखि, बिओके कडा मौद्रिक नीति तिर झुकिरहेको जनाइएको छ ।
बलियो वृद्धि, घरजग्गाको बढ्दो मूल्य र बढ्दो घरेलु ऋणको संयोजनले यसलाई अझै बलियो बनाएको जनाइएको छ ।
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा लगभग छ वर्षको सबै भन्दा तीव्र गतिमा विस्तार भएको उल्लेख गर्दै बिओकेका गभर्नर शिन ह्युन–सङले मुद्रास्फीति केन्द्रीय बैङ्कको लक्ष्य भन्दा धेरै समय सम्म रहने सम्भावना रहेको बताए ।
उच्च ऊर्जा लागत र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सम्बन्धित आपूर्ति श्रृंखलामा अवरोधका कारण उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा गत जूनमा ३.२ प्रतिशतले बढेको जनाइएको छ ।

प्रतिक्रिया