ए डिभिजन लिगका चौथो संस्करणका सबै खेल एन्फा मैदानमा



काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगमा भोलि (सोमबार) देखि चौथो चरणका खेल सुरु भइरहेका छन् । चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको हो ।
तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा हुनेछन् । एन्फाले कारण नखुलाएपनि नेपाल सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन त्रिपरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागेका कारण चौथो चरणका खेल सातदोबाटोमै गर्न लागिएको हो । चौथो चरणको पहिलो खेलमा न्यु रोड टिम एनआरटी र मछिन्द्र क्लबबीचको प्रतिस्पर्ध हुनेछ ।
६ अंकसहित मन्द्रि क्लब लिगको तेस्रो स्थानमा रहेको छ भने एनआरटी ४ अंकसहित छैठौं स्थानमा छ ।सोमबार दोस्रो खेलमा फ्रेन्डस क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्र्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ भने फ्रन््स क्बलले लिगको अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा ब्वाइज युनियन

मेयर कप क्रिकेटमा पुलिस दुई रनले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

काठमाडौं । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार

वेष्ट ईण्डिजबिरुद्धको दोस्रो टि–२० मा श्रीलंका विजयी,वेस्टइन्डिज ४३ रनले पराजित

वेष्टईण्डिजबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी टोली श्रीलंका विजयी भएको छ । घरेलु टोलीलाई