काठमाडौंमा व्यावसायिक फाइट आयोजना ,विजय हासिल गर्नेले जनही ५० हजार रूपैयाँ पुरस्कार पाउने



काठमाडौं । काठमाडौंमा कम्ब्याट स्पोर्टस्का खेलाडीलाई लक्षित गर्दै व्यावसायिक फाइट आयोजना गर्ने भएको छ । जिमखाना मुवाँ थाईले शनिबार काठमाडौंमा कम्ब्याट स्पोर्टस्का खेलाडीलाई लक्षित गर्दै व्यावसायिक फाइट आयोजना गर्ने भएको हो ।
शनिबार साँझ ठमेलस्थित लर्डस अफ दी ड्रिंक्स (एलओडी)मा हुने जिमखाना फाइट नाइटको दोस्रो संस्करणमा बक्सिङ र मुवाँ थाईका चार / चार गरी कुल ८ फाइट हुनेछन्। प्रत्येक फाइटमा विजय हासिल गर्नेले जनही ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् भने पराजित हुनेले म्याच फी स्वरूप २५ हजार रूपैयाँ पाउने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

नेपाल बक्सिङ संघ र नेपाल राष्ट्रिय मुवाँ थाई संघको सहकार्यमा हुन लागेको फाइटअन्तर्गत बक्सिङमा चार तथा मुवाँ थाईमा चार भिडन्त हुनेछन् । आयोजकले यो वर्षदेखि प्रत्येक दुई महिनामा यस्तै प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरुष भलिबलमा एसियाडबाट बाहिरियो नेपाल

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ

भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह, फाइनल खेलमा तीन हजार टिकट बिक्री

कास्की । सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा

भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ