सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीको दोस्रो जित



काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्लेक्समा त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीको गोलमा विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको हो ।

शुक्रबार तेस्रो चरणको खेलमा हिमालयन शेर्पा क्लबमाथि २–० को नतिजा निकाल्दै आर्मीले दोस्रो जित हात पारेको हो । आर्मीको जितमा कप्तान भरत र टेकले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

शेर्पा्विरुद्ध आर्मीले आक्रमक खेल पस्किँदा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । आर्मीको जितसँगै हिमालयन शेर्पाको अपराजित यात्रामा पूर्ण्विराम लागेको छ । लिग तालिकामा अब आर्मीको ७ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ