लिभरपुल र म्यान्चेस्टर युनाईटेडको शानदार जित



इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाईटेडले शानदार जित निकालेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले लेष्टर सिटीलाई ४–० ले पराजित गर्‍यो ।

लेष्टर सिटीकै मैदानमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले दुई तथा जेम्स मिल्नर र अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले हरायो ।

आफ्नै मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्थोनी मार्टीयलले दुई तथा मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

प्रिमियर लिगकै खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले हराउँदा साउथह्याम्पटनले चेल्सीमाथि २–० को जित निकाल्यो ।

आर्सनललाई बर्नमाउथले १–१ गोलको बराबरीमा रोक्दा शेफिल्ड युनाईटेड र वाट्फोर्डले पनि १–१ गोलको बराबरीमै चित्त बुझाए । एभर्टनले बर्न्लेमाथि तथा एस्टन भिल्लाले नरिच सिटीमाथि १–० को जित निकाले ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको लेष्टर सिटी ३९ अंकसहित दोस्रो स्थानमा रहँदा १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ

चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ

इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।