फुटलबमा मनाङ मर्स्याङदीद्वारा दोस्रो जित



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटलबमा दोस्रो जित निकालेको छ । दयानन्द सिहंको निर्णायक गोलमा प्रेरित मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटलबमा दोस्रो जित निकालेको हो ।

सोमबार विभागीय क्लब त्रिभुवन आर्मीसँग भएको खेलको अन्तिम समयमा विदेशी खेलाडी दयानन्दले गरेको गोल नै निर्णायक बन्योे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्मी दोस्रो हाफमा आक्रमक बनेको थियो । तर, इन्जुरी समयमा आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गर्न नसकेको बलमा मनाङका दयाहाङले गोल गरेका हुन् । यो खेलसँगै मनाङले ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ