महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामाको घोषणा



काठमाडौँ । नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा दुई शून्य गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् । यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग एक शून्य गोलले हारेको थियो ।

खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएका थिए । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको

निलम्बन फुकुवापछि सन्दीपले भने-समयसँगै फेरि भेटौँला

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले निलम्बन फुकुवा भएसँगै सामाजिक

राष्ट्रिय महिला भलिबल माघ २१ देखि

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल

महिला टि–२० क्रिकेटमा देहिमाडौँ च्याम्पियन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द