जापानी नागरिकहरुको संस्थाको अध्यक्षमा ईश्वर थापा चयन



काठमाडौं । नेपालको वेसबल खेल विकास गर्न २० बर्ष देखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् । जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो ।

यसअघि क्लबका उपाध्यक्ष रहेका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् । यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ ।

नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल हुन् । थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन् भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् ।

क्लबको सल्लाकारमा २० बर्षदेखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् । २१ बर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए ।

हाल संस्थाले जापानमा बसी नेपाललाई खेल सामग्रीहरु उपलब्ध गराउँदै आएको छ भने संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ ।

वेसबलको खेल सामग्री निकै महंगो पर्ने गर्छ भने खेल सामग्री नेपाली बजारमा उपलब्ध छैनन् । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ हुने

भैरहवा । शनिबार भैरहवामा इण्डो–नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ

खप्तड गोल्डकपमा खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी