फुटबलमा नेपालद्वारा माल्दिभ्स २–१ गोल अन्तरले पराजित



काठमाडौं । काठमाडौंमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ ।

चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए ।

खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल गर्यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने

स्पेनिस क्लब बार्सिलोनाद्वारा पोर्टो पराजित

काठमाडौं । तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ

१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । एसीसी-१९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

पुलिस सुदूरपश्चिमसँग पराजित हुँदा मधेश प्रदेश केपी ओली कपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी केपी ओली कप क्रिकेटमा सुदुरपश्चिमले नेपाल पुलिस क्लबलाई ४