१३ औं सागः ८१ स्वर्णसहित भारत शीर्ष स्थानमा, नेपाललाई ४१ स्वर्ण



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।

शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ ।

यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले शुक्रबार गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एभिनियर क्लबलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण

खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ पराजित

धनगढी । धनधनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९

विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको