एकलमा कास्यपदक जित्न सफल



काठमाडौं । दक्षिण एसियाली खेलकुदमा नेपाली टेबल टेनिस खेलाडीले एकलमा कास्यपदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुदको टेबल टेनिसमा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्रचार्य पुरुष एकलमा कास्यपदक जितेका हुन् । लैनचौरस्थित शुक्रबार टेबल टेनिस हलमा शुक्रबार भएको सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थोनीसँग ४–० को सेटमा पराजित भएको छ । ११–४, १२–१०, ११–८ र ११–३ को सेटमा पराजित भए ।
त्यस्तै पुरुषोत्तम पनि भारतका हर्मित देशाइसँग ४–० को सोझो सेटमा पराजित हुँदै कास्यमा सीमित बनेका हुन्। पुरुषोत्तम देशाईसँग ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए। तर यो टेबल टेनिसमा सबैभन्दा राम्रो नतिजा हो ।
स्पर्धामा भारतका अमरलाज एन्थोनीले आफ्नै देशका हर्मित देशाईलाई ४–३ को सेटमा पराजित गर्दै स्वर्ण जिते। अमरलाजले हर्मितमाथि ६–११, ९–११, १०–१२, ११–९, ११–७, ११–४ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।