गल्फमा नेपाललाई दुई स्वर्ण



काठमााडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

१७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् । उनले बंगलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजाले भने -नेपाली खेलाडीको प्रदर्शनबाट गौरव बढाएको छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको हाङझाउमा भएको १९ औं खेलकुदमा नेपाली क्रिकेट

क्रिकेटर भीम सार्कीका पिताको अनुभवः कहिलेकाहीँ टेलिभिजनमा उसको खेल हेर्दा सपना जस्तै लाग्छ

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन

एशियाली खेलकुदमा एक सय पाँच स्वर्णसहित चीनको अग्रता, जापान दोस्रो स्थानमा

  हाङझाउ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम

एसियाली खेलकुदः पब्जीमा नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस