पुरुष क्रिकेटमा नेपालद्वारा भुटान १४१ रनले पराजित



काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो । भुटानका रन्जुङ मिक्यो दोर्जेले सर्वाधिक २७ रन बनाए । नेपालका पारस खड्काले २ विकेट लिए ।

यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए । कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । टि २० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।