उसु र क्रश कन्ट्री साइक्लिङमा नेपाललाई स्वर्ण पदक



काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । यसअघि नेपालले उसुमा चार स्वर्ण जितिसकेको छ ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८–९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । यसअघि २०१६ मा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।

त्यसैगरी १३ औं सागको क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलले कास्य पदक जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको

यसरी सुरु भयो जनकपुरमा रङ्गशाला निर्माणको पहल

जनकपुरधाम ।  जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो

पाँच क्रिकेटर सम्मानित

काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज