महिला भलिबलमा नेपाललाई रजत, भारतसँग ३–२ ले पराजित



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सीमित भएको छ ।

नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलबार भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो ।

चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो ।

नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो । भारतले आजै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको

एमबाप्पे फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा नियुक्त

काठमाडौं। किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका

तिलोत्तमा गोल्डकपमा पुलिसलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा

बुटवल । चारपटकको उपाधि विजेता नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान

नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन